पाल्पाको रामपुर नगरपालिकामा नेतृ सीता डोटेल सहित १० जना उपप्रमुखका उमेदवार

0
502

बैशाख ६,२०७९ :पाल्पाको रामपुर नगरपालिकाको उपप्रमुख पदमा महिला नेतृ तथा लामो समय मिडियामा रहेर काम गर्नुभएकी पत्रकार सीता डोटेलले उपप्रमुख पदमा उम्मेदवार घोषण गर्नुभएको छ । विद्यार्थी राजनीति देखि समाजसेवामा होमिनुभएकी डोटेल डेढ दशक यता निरन्तर मिडियामा क्रियाशिल रहेर लोकतन्त्रको वकालतमा सक्रिय हुनुहुन्छ ।

नेपाली काङ्ग्रेसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनका तीन वटा महाधिवेशनमा लगातार केन्द्रिय प्रतिनिधि रहनुभएको छ । पाल्पा जिल्लामा लोकतान्त्रिक पत्रकारमा सक्रिय महिला पत्रकारको बिजारोपण समेत गर्नुभएकी डोटेलसंग बिभिन्न सामाजिक संघ सस्थामा रहेर काम गरेको अनुभव छ । उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समिति अन्तर्गत रहने मेलमिलापकर्ता समेत रहेर काम गर्नुभएको छ ।

मेलमिलाप परिषदमा आवद्ध डोटेल स्थानीय तहमा मेलमिलापकर्ताको रुपमा रहदै मेलमिलाप समेत गराइसक्नुभएको अनुभव छ ।
समाजका आवश्यकता, नागरिकका पिर मर्का संग परिचित रहेर नागरिकको आवाजमा सधै साथ दिने उहाँ नगरका हरेक बस्तीमा पुगेर जनताको गुनासो र अबस्थालाई नजिकबाट नियाल्नुभएको छ । गणतान्त्रिक राज्यमा सार्वजनिक पदमा रहेर नागरिकको काममा काम गर्न सक्ने दृढ बिश्वास उहाँमा छ ।

नेपाली काङ्ग्रेसले नगर प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेको रामपुर नगरपालिका कार्यालय रहेको रामपुरको मुटु मुख्य केन्द्र ५ नम्बर वडाबाट यसअघि पनि प्रमुख, उपप्रमुख नपाएको हुँदा यस पटक आफुले उपप्रमुख पाउनुपर्ने उहाँको माग छ । बिगतका प्रतिनिधि सभा निर्वाचन र स्थानीय तह निर्वाचनमा समेत निरन्तर खटिएर उम्मेदवार संगै गाउँ –गाउँ पुगेर पार्टीमा निरन्तर योगदान दिदै आउनुभएको डोटेलले आम नगरबासीको सपना पूरा गर्दै रामपुर क्षेत्र र रामपुर नगरपालिकाको गौरव बढाउन आफुले उम्मेदवारी दिएको बताउनुभयो ।

गैर सरकारी संस्थामा रहेर शिक्षा क्षेत्रमा काम गरेको अनुभव बटुल्नुभएकी उहाँ रामपुरमा स्थापित सार्वजनिक पुस्तकालयको संयोजक हुनुहुन्छ । भौतिक विकास संगै मानव विकास पनि उत्तिकै हुनुपर्छ भन्ने धारणा बोक्नुहुने डोटेलले नगरबासीको जीवनस्तर उकास्न र नागरिकको न्याय, सेवा र पहुँच बढाउन पनि अहिले उपप्रमुखको नेतृत्वमा आउने आँट गर्नुभएको हो । दर्जन बढी विभिन्न क्षेत्रबाट सम्मानित र पुरस्कृत उहाँ समाजले स्वीकारेको व्यक्ति हुनुहुन्छ । सधै जनताको पिर मर्कामा साथ दिने डोटेल बालक, युवादेखि वृद्धबृद्दा माझ लोकप्रिय हुनुहुन्छ

डोटेल सहित रामपुर नगरपालिकाको उपप्रमुख पदमा सरस्वती डोटेल, बिष्णुमाया ढकाल, सावित्रा गैह्रे, भगवती खनाल, कमला बस्ताकोटी, दुर्ग्गादेवी भण्डारी, बुद्दीप्रकाश रेग्मी बालकुमारी थापा र पबित्रा ढकाल पौडेल हुनुहुन्छ ।

SHARE