गुल्मीमा ४० जना एमाले परित्याग गरी समाजबादीमा प्रबेश

0
488

बैशाख ४,०७९ गुल्मीः गुल्मीमा ४० जना नेकपा एमाले परित्याग गरी एकीकृत समाजबादीमा प्रवेश गरेका छन् ।

रेसुंगा नगरपालिकाको भेलामा एमाले परित्याग गरी ४० जना समाजबादीमा प्रवेश गरेको समाजबादीका जिल्ला सचिब सुरेन्द्र कंडेल (रोहित)ले जानकारी दिनुभयो ।

पार्टी प्रवेशमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गणेश खनालले टीका खादा लगाई स्वागत गर्नुभएको हो । कार्यक्रममा खनालले प्रशिक्षण समेत दिनुभएको थियो ।

यस्तै भेलाले दीपेश अर्याल अध्यक्ष रहेको ५१ सदस्य रेसुंगा नगर कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा दामोदर पन्थी र घनबहादुर खडका रहेका छन् । सचिब बिशाल बराल, उप सचिब रुपा बिक र मञ्जु सारु रहेको नगर कमिटीले जनाएको छ ।
कार्यक्रम दिपेश अर्याललको अध्यक्षतामा कार्यक्रमको संचालन बिशाल बरालले गर्नुभएको थियो ।

SHARE