जनकपुरमा पेस्तोलसहित दुई र रुपन्देहीका युवा सीसाको गोली सहित पक्राउ

0
458

चैत २६,२०७८ : धनुषाको जनकपुरधाम उपमहानगरपालिका(१० बाट एक थान पेस्तोल र पेस्तोलको एक थान म्याग्जिनसहित दुईजना प्रक्राउ परेका छन्।

शनिबार बिहान जकपुरधाम(४ का ३० वर्षीय इन्द्रेशकुमार सिंह र वडा नम्बर ८ का १९ वर्षीय अर्जुनकुमार सिंहलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरूलाई हतियारसहित नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट ज ७ प ७९३२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

यस्तै‚ रूपन्देहीको सैनामैना नगरपालिका(१ भाटा एकताटोलका दलबहादुर सुनारलाई पनि सिसाको गोली १२ थान, फलामको टुक्रा ९छर्रा० ८ थान, केप १२ थान र बारुदसहित प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रन्यौराको टोलीले शुक्रबार राति उनको घर तलासी गर्दा हतियार फेला पारेको हो।

उक्त कार्यालयबाट खटिएको टोलीले सोही ठाउँको रानीकुवाका मानबहादुर राउतको घरबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ। मानबहादुरको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ।

SHARE