चैत२३,२०७८दाङ :प्रहरीले चेक अनादर मुद्दाका फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बबई गाउँपालिका ५ बस्ने ४४ वर्षीय गोविन्द प्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घिमिरेलाई खोजतलास गर्दै जाँदा सोमबार बिहान करिब १२ बजेतिर आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए।
उनलाई दाङ जिल्ला अदालतले २०७७ साउन २५ गते चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकेको थियो।