
सुशीला रेग्मी
रामपुर (पाल्पा), २० चैत :रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले ६५ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ ।
सहकारी संचालक समितिका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा सहकारीको सभाहलमा एक कार्यक्रम गरी दिवस मनाएको हो । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ चियापान तथा भेटघाट कार्यक्रम भएको छ ।
अध्यक्ष श्रेष्ठले संस्थाको गतिबिधिबारे जानकारी गराउदै आउदो असार मसान्तभित्र संस्थाले भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढेको बताउनु भएको छ ।

संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव लेखनाथ मरासिनीले गर्नुभएको हो ।








