१२ फाल्गुन : गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले एकैदिन तीन सम्मेलन सम्पन्न गरेको छ ।
माओवादीले शनिबार चन्द्रकोटमा YCL Nepal, अखिल नेपाल महिला सघ (क्रान्तिकारी) र नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन सम्पन्न गरेको हो । सम्मेलनबाट YCL Nepal को अध्यक्षमा अर्जुन खत्री उपाध्यक्षमा श्रीप्रसाद बलाल सचिबमा कृष्ण थापा सह-सचिबमा अर्जुन नेपाली र बिशु क्षेत्री पदाधिकारी सहित ७१ सदस्य समिती निर्बाचित भएको हो ।
अनेमसघ(क्रान्तिकारी) को अध्यक्षमा शुशिला पुन उपाध्यक्ष बिष्णुमाया सापकोटा र निमा थापा सचिब कोपिला शर्मा सह-सचिबमा गगा सापकोटा र शित्तला सार्की कोषाध्यक्ष सन्तु आचार्य सहितको ५५ सदस्यीय समिती सर्बसम्मत निर्बाचित भएको बताइएको छ ।
नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनबाट अध्यक्ष हेमलाल बस्याल उपाध्यक्ष कुमबहादुर सुनार र मनिराम रम्तेल सचिब डिलबहादुर बि क सहसचिब धनबहादुर बि क कोषाध्यक्षमा गोबिन्द बि.क. सहित ७५ सदस्यीय समिती सर्बसम्मत निर्बाचित भएको पार्टी सचिब गोकर्ण शर्माले बताएका छन ।
गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी YCL Nepal सस्थापक अध्यक्ष पूर्ब मन्त्री तथा नेकपा(माओवादी केन्द्र) का केन्द्रिय सदस्य गणेशमान पुन थिए ।
साथै केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज सृजना तरामु बिशिस्ट अतिथी YCL Nepal का लुम्बिनी प्रदेश ईन्चार्ज केहरसिह कुवर र लुम्बिनी प्रदेश सद्स्य युवराज के सि सुमित्रा क्षेत्री र अनेरास्ववियू(क्रान्तिकारी) का प्रदेश अध्यक्ष घनश्याम खरेल विशेष अतिथी रहेको कार्यक्रमको अध्यक्षता चन्द्रकोट गाउँपालिका अध्यक्ष टक बहादुर क्षेत्री र सन्चालन सचिब गोकर्णराज शर्माले गरेका थिए ।