माओबादी आफनै खुट्टामा उभिन सक्षम छ : पूर्व मन्त्री पुन

0
319

चैत १२,२०७८ गुल्मीः नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले माओबादी आफनै खुट्टामा उभिन सक्षम रहेको बताएका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकामा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पुनले माओबादी आफै सक्षम रहेकाले जनताका आधारभूत समस्याहरुलाई समाधान गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिए ।

स्थानीय तहको निर्वाचनलाई इंकित गर्दै पुनले गठबन्धन माओबादीलाई भन्दा पनि काँग्रेस एमालेलाई नै बढी आवश्यक परेको दाबी गरे ।
उनले देश अहिले माओबादीको एजेन्डामा अगाडी बढेको बताए । माओबादीले नै देशमा संघियता ,धर्मनिरपेक्षता ,समाबेशीता ल्याएको भन्दै माओबादीको त्याग र तपस्याले मात्रै देशमा संघियता आएको बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य सृजना तरामु,प्रदेश सदस्य तेजेन्द्र सलामी लगायतले प्रशिक्षण मन्तब्य राखेका थिए । कार्यक्रममा कालीगण्डकी गाउँपालिका भित्रका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम नेकपा माओबादी केन्द्र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष लीलबहादुर केशीको अध्यक्षता ,उपाध्यक्ष चित्रबहादु थापाको स्वागत मन्तब्यमा कार्यक्रममको संचालन सह सचिब फटिकराज सुनारले गरेका थिए ।

SHARE