तम्घास–तानसेन सडक खण्ड १२ दिन बन्द

0
206

फागुन २८,२०७८पाल्पा :तानसेन–तम्घास सडक खण्ड मर्मतका लागि १२ दिन बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रमा चट्टान कटान गरी सडक चौडा गर्नका लागि सडक बन्द गर्न लागेको हो ।
सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार फागुन २६ गते देखि चैत्र ७ गतेसम्म रातिको १० बजेदेखि बिहान ३ बजेसम्म दैनिक पाँच घण्टा सवारी रोकेर काम गर्न लागिएको होे ।

सो क्षेत्रमा यसअघि पनि पटक पटक सवारी रोकेर सडक चौडा गर्ने कार्य भए पनि हालसम्म पनि काम सम्पन्न नहुँदा पुनः १२ दिनका लागि काम गर्न लागिएको डिभिजन प्रमुख लम्सालले जानकारी दिए।

SHARE