फागुन २२,२०७८दाङ :दाङमा प्रहरीले २ लाखभन्दा बढी रकम सहित जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ११ जनालाई पक्राउ गरेको छ।
शनिबार अवैध रूपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई दिउँसो करिब ४ बजे घोराही उपमहानगरपालिका(१५ मा रहेको न्यु सुप्रिया होटल एण्ड लजबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका(८ का ५२ वर्षीय गोपालबहादुर कुँवर, रोल्पा रुन्टीगढी गाउँपालिका(७ का ३४ वर्षीय सरोज पुन, रुन्टीगढी गाउँपालिका(५ का ३६ वर्षीय घनश्याम वली, घोराही उपमहानगरपालिका(५ का ३० वर्षीय कृष्णबहादुर रावत, वडा नं। १३ का ३९ वर्षीय मनबहादुर खड्का रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी घोराही(१६ का ३५ वर्षीय रेशमबहादुर कुँवर, वडा नं। १३ का ४५ वर्षीय खेमराज गिरी, वडा नं। ८ का ४२ वर्षीय काशीराम भट्टराई, वडा नं। १५ का ५५ वर्षीय भूपबहादुर केसी, बबई गाउँपालिका(६ का ३० वर्षीय युवराज केसी र प्यूठान नगरपालिका(५ का २८ वर्षीय जीवन नेपाली रहेको प्रहरीले जनाएको छ।
उनीहरूका साथबाट प्रहरीले २ लाख २१ हजार ३ सय नगद र जुवा खेल्न प्रयोग भएको सात गड्डी तास समेत बरामद गरेको छ ।