नेकपा एमाले मुसिकोट नगरपालिका ३ गुल्मीको जनवर्गिय संगठन विस्तार

0
753

सुर्य सुनार
फागुन १९ गुल्मी :नेकपा एमाले मुसिकोट नगरपालिका ३ गुल्मीले जनवर्गिय संगठन विस्तार गरेको छ । नेकपा एमाले मुसिकोट नगरपालिका ३ द्धारा मंगलबार देविस्थानमा जनवर्गिय संगठन विस्तार गरेको हो ।
उत्पीडित जातिय मुक्ति समाजको अध्यक्षमा गोपाल विश्वकर्मा, उपाध्यक्ष बलविर विश्वकर्मा, सचिब रुपा विश्वकर्मा, उपसचिब मिन बहादुर विश्वकर्मा उपसचिब विनिता परियार सहित ५१ सदस्य समिति गठन गरिएको नेकपा एमाले मुसिकोट नगरपालिका ३ उपाध्यक्ष प्रेम जिसीले जानकारी दिए ।

अखिल नेपाल महिला संघको अध्यक्षमा कमला घिमिरे, उपाध्यक्ष फुलकुमारी नेपाली, सचिब कमला घिमिरे, उपसचिब सिता परियार सहित ५१ सदस्य समिति गठन गरिएको मुसिकोट नगरपालिका ३ पार्टी इन्र्चज शंकर रायमाझीले बताए । युवा संघ नेपाल मुसिकोट नगरपालिका ३ को अध्यक्षमा किशोर कार्की, उपाध्यक्ष रुपा विश्वकर्मा, सचिब सिता परियार उपसचिब गिता राना सहित ५१ सदस्य समिति निर्माण गरिएको छ ।

नेकपा एमाले मुसिकोट नगर कमिटि अध्यक्ष प्रकाश काफ्लेद्धारा जनवर्गिय संगठन समितिलाई बदाई तथा शुभकामना व्यक्त गरेका थिए । उत्पीडनमा परेका दलित समुदायको मुक्तिको लागी नेकपा एमाले हेरक क्षेत्र वाट संघर्ष गर्दै आएको वताउदै पार्टीका विभिन्न निकायमा दलित समुदायको सहभागिता गराउदै आफू सदैव जातीय विभेदको विरोधमा लागिरहेको बताए ।

मुसिकोट नगरपालिकामा स्थानीय सरकार आएपछि जनताको आवश्यकता अनुसार सबै क्षेत्रमा काम भएको दावी गरे । साथै मुसिकोट नगर कमिटि गठन भए पछि पार्टीका सबै प्रकारका गतिविधि सक्रिय ढङ्गले अगाडि बढाएको हुँदा अहिलेको स्थानीय तहको निर्वाचनमा मुसिकोटमा १ देखी ९ वडा एमालेको लालकिला बनाएर छोड्ने दावी गरे ।

नेकपा एमाले मुसिकोट नगरपालिका ३ पार्टी अध्यक्ष मधु मल्लले पार्टी विजय बनाउन सबै कार्यकर्ता सक्रिय भई काम गर्न आग्रह गरे । साथै जनवर्गिय संगठन समितिलाई बदाई तथा सफलकार्यकालको शुभकामना व्यक्त गरे ।

नेकपा एमाले मुसिकोट नगरपालिका ३ पार्टी उपाध्यक्ष पे्रम जिसीले पार्टी भित्र सबै प्रकारका मतभेद अत्य गरेर पार्टीलाई निर्वाचनमा पहिलो बनाउन आग्रह गरे । मुसिकोट नगरपालिका ३ मा एमालेको पहिले देखी नै लालकिला रहकोे क्षेत्र हुँदा यसलाई सदैब निरन्तरता दिनुपर्ने बताए ।

SHARE