फागुन १६,२०७८दाङ : दाङमा ४ दिनको फरकमा एक जनाको घरमा दुईपटक आगलागी भएको छ। शान्तिनगर गाउँपालिका(५ बैशानिवासी विष्णुप्रसाद शर्माको घरमा आइतबार दिउँसो करिब १ बजे आगलागी भएको हो।
घरमा कोही नभएको बेला एक्कासी आगलागी हुँदा नगद ३ लाख, लत्ताकपडासहित करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गिरिराज बस्नेतले बताए। आगो प्रहरी, जनप्रतिनिधि, स्थानीयले करिब १ घण्टापछि नियन्त्रणमा लिएका थिए।
वडाध्यक्ष बस्नेतका अनुसार शर्माको घरमा कोही नभएको समयमा आगलागी हुँदा घरको माथिल्लो दोस्रो र तेस्रो तलामा रहेका सबै सामान जलेर नष्ट भएका छन्।