औषधी व्यावसायी सघ गुल्मीको अध्यक्षमा पान्डेय

0
255

गुल्मी, १४ फागुन :नेपाल औषधि व्यावसायी सघ गुल्मीको अध्यक्षमा सर्वसम्मत फर्सुराम पान्डेय निर्वाचित भएका छन ।

सघको छैटौं अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको हो । सघको उपाध्यक्षमा पार्वता थापा, महासचिवमा गणेश श्रेष्ठ, सचीवमा नारायण प्रसाद अर्याल, कोषाध्यक्षमा जुवानन्द बेलबासे र सह-कोषाध्यक्षमा अनन्तराज अधिकारी लगायत ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिए ।

अधिबेशनको उद्घाटन नेपाल औसधि व्यावसायी सघका निवर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईले गरेका थिए । अधिबेशनलाई सम्बोधन गर्दै भट्टराईले पेशा र व्यावसायलाई जनताका बिचमा इमानदारिताका लैजान आग्रह गरे ।

SHARE