
हुमाकान्त पोखरेल
फागुन २,२०७८गुल्मीः नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले रुरुक्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्था एवम् विद्यालयमा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
पौडेलले आइतबार रानिवासमा रहेको जनबोध माध्यमिक विद्यालय र रिमुवामा रहेको रिमुवा माध्यमिक विद्यालयलाई दुई÷दुई हजार थान माक्स प्रदान गरेका हुन ।
त्यस्तै रिमुवा स्वास्थ्य चौकी र ग्वादी स्वास्थ्य चौकीको लागि एक÷एक वटा अक्सिजन कन्सनटेटर एवम् ग्वादीका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई माक्स वितरण गरेको स्थानीय किसन ज्ञवालीले जानकारी दिए ।

सरकारी सेवाबाट बिदा लिएपछि पौडेल सामाजिक कार्यमा सक्रिय छन् । यसभन्दा अगाडी उनले जिल्ला अस्पताल, रुरुक्षेत्रकै विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । त्यसैगरी उनले रुरुबजार सरसफाईको अभियान पनि संचालन गरेका थिए ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा माओवादी केन्द्र रुरुक्षेत्र गाउँकमिटीका अध्यक्ष यदु ज्ञवाली, बरिष्ठ उपाध्यक्ष एवम् वडाध्यक्ष हरी ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।











