निर्माणधिन रेसुङ्गा विमानस्थलको नगर प्रमुख भुसालद्धारा अनुगमन

0
409

माघ २७,२०७८गुल्मीः रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले रेसुङ्गा विमान स्थलको बुधबार अनुगमन गरेका छन् ।

गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै गरेको विमान स्थलको बुधबार नगरप्रमुख डिल्लीराज भुसाल, उपप्रमुख सीता भण्डारी, निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद ज्ञवाली, वडाध्यक्ष पदमप्रसाद अर्याल, नेकपा एमालेका नेता कृष्ण भण्डारी सहितले अनुगमन गरेका हुन् ।

निर्माणधिन विमानस्थलको काम पछिल्लो समय तिब्ररुपमा अगाडि बढि रहेको समयमा नगरप्रमुख भुसालले कामको गुणस्तारको विषयमा चासो देखाउदै अनुगमन गरेका हुन् । विमानस्थलको टर्मिनल भवन र कालोपत्रेको काम भइरहेको छ ।

नगरप्रमुख भुसालले अनुगमन गर्दै भन्नुभयो विमानस्थलको काम सुस्त ढङ्गले अगाडि बढि रहेको थियो आफू निर्वाचित भएर आएपछि कामले तिब्रता पाएको बताएका थिए । नगरपालिकाको रकमले मात्र रेसुङ्गा विमानस्थलको काम गर्न सम्भव नरहेको हुँदा आफूले विभिन्न मन्त्रालयमा गएर बजेटको व्यवथा गरे पछि काम अघि बढेको बताए ।

SHARE