गुल्मीमा घाँस काट्न गएका ब्यक्ति मृत फेला

0
338

माघ १९,२०७८ गुल्मीः गुल्मीमा माघ १८ गते घरबाट घाँस काट्न हिडेका ब्यक्ति मृत फेला परेका छन् ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ४ अर्खलेका ८५ बर्षीय खीमानन्द गौतमको शब बुधबार अर्खले खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिए ।

गौतम मङगलबारबाट परिवारको सम्पर्कमा नरहेपछि स्थानीयहरुले खोजी गरेका थिए। खोजी गर्ने क्रममा स्थानीयहरुले गौतमलाई खोलामा मृत अबस्थामा देखेपछि प्रहरीलाई बुधबार खबर गरेका थिए ।

गौतमको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौतम घाँस काट्ने क्रममा भीरबाट लडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE