दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थालाई कृषि एम्बुलेन्स सहयोग

0
397

सुशीला रेग्मी
रामपुर (पाल्पा), ११ माघ :दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर २ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।

हेफर इन्टरनेशनलको ५० प्रतिशत अनुदान, रामपुर नगरपालिकाको रु पाँच लाख, सहकारीको रु सात लाख २४ हजार ५५६ गरी रु २४ लाख ४९ हजार ५५६ को लागतमा एम्बुलेन्स खरिद गरिएको हो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरपालिकाले कृषि तथा पशुपालनमा आकर्षित गर्नका लागि नगरपालिकाले विभिन्न संघ संस्थाहरु संग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले कृषि एम्बुलेन्सको प्रयोगका लागि कृषिजन्य उत्पादन बढाउनु आवश्यक रहेको भन्दै नगरपालिकाले पनि बजारिकरणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

रामपुर नगरपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारी तथा पछौटेपन उन्मुलन समाज बेस नेपालको सहजिकरणमा सञ्चालित परियोजनाले कृषि तथा पशुजन्य उत्पादन अभिबृद्धि तथा बजारीकरणको लागि एम्बुलेन्स प्रदान गरेको हो ।

कृषि शाखा प्रमुख रामहरी पाण्डेयले रामपुरमा कृषिजन्य उत्पादन बृद्धि हुदै गएकाले एम्बुलेन्सको सही सदुपयोग गरी आर्थिकस्तर उत्थानमा लाग्न आग्रह गर्नुभयो ।

SHARE