एकीकृत समाजवादी पार्टी धुर्कोट गाउँपालिका उपाध्यक्ष एमालेमा प्रबेश

0
277

अनिल खत्री
माघ ४,२०७८ गुल्मीः गुल्मीमा नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादी धुर्कोट गाउँपालिका उपाध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीका गुल्मी धुर्कोट गाउँपालिका उपाध्यक्ष भेष बहादुर घर्ति नेकपा एमालेमा प्रबेश गरेका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीको भेलाबाट उपाध्य पदमा सर्वसम्मत निर्वाचित भएका घर्तिले पार्टीबाट राजिनामा दिएर नेकपा एमालेमा प्रबेश गरेका हुन् । उनले उक्त पार्टीबाट क्रान्ती परिर्वतन हुने कुनै आधार नभएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

घर्तिले एकीकृत समाजवादी पार्टी कुनै बिचार, सिद्धान्त देश र जनताको हितमा नभएका कारण उक्त पार्टीमा रही काम गर्न उपयुक्त नभएकाले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

उनले अब उप्रान्त नेकपा एमालेमा रहि सक्रिया भूमिका निर्वाह गरि देश र जनताको पक्ष काम गर्ने अठोट लिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

SHARE