
रामकृष्ण कडेल , माघ २ गुल्मी :गुल्मीदरबार गाउँपालिकाको बडा न.३ गौडाकोट म्यालपोखरी स्थिती देउराली जङ्गलमा बिहान लु.२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा परेको छ ।
तीन दिनमा तिनबटा सवारी साधन दुर्घटनमा परेका छन । पहिलो दिन ग १ च ७५४७ नम्बरको डबल क्याब जिप,दोस्रो दिन हिजो तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग १ ज ५२८० नम्बरको अल्ट्रो कार दुर्घटना भएका हुन ।
तीनै दुर्घटनामा मानवीय क्षती नभएको ट्राफिक प्रहरी जवान बिजय कुमार यादवले जानकारी दिए ।

शितले सडक चिप्लो भएको र मोड भएको कारण तीनवटै दुर्घटना भएको बताइएको छ ।











