गुल्मीमा सिंगो गाउँनै माओबादी केन्द्रमा प्रबेश

0
277

पुस २९,२०७८ गुल्मी : चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ को सिंगो गाउँनै माओबादी केन्द्रमा प्रबेश गरेको छ ।

नेकपा एमाले परित्याग गरी सिंगो गाउँनै माओबादीमा प्रशेश गरेको माओबादी केन्द्र चन्द्रकोटले जनाएको छ ।
पार्टी प्रबेश गराउँदै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी युबराज केशीले माओबादीले उठाएको एजेन्डा अनुसार नै देश चलिरहेको दाबी गरे ।

उनले संघियता ,धर्म निरपेक्षता ,समाबेशीता माओबादीको एनजेन्डा भएको भन्दै तल्लो तहसम्मका नागरिकहरुले बुझदै गएको र बुझाउँन जरुरी रहेको दाबी गरे ।

साबिकको तुराङ,कालाबगर,खुस्कोट,गेखुङ र घैयारका ३०घरपरिवार एमाले पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रशेक गरेका हुन ।
कार्यक्रममा नकपा माओबादी केन्द्र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष टंकबहादुर क्षेत्री लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

SHARE