पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

0
18

पुस २८,२०७८पाल्पा :पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा निस्दी गाउँपालिका(७ का ४४ वर्षीय ओमबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।​

सिन्दुरेमा रहेको पसलबाट घरतर्फ जाने क्रममा लु६प १५२३ नम्बरको मोटरसाइकल गतराति करिब १० बजे उकालो र कच्ची बाटोमा अनियन्त्रित भई दुर्घटना भएको हो।

मोटरसाइकलको पछाडि सवार गाहाकी श्रीमती ४४ वर्षीया नीरमाया घाइते भएको त्वातीले बताए।

SHARE