राजनीतिककर्मी र कर्मचारी एक रथका दुई पाङ्ग्रा जस्तै हुन् :केसी

0
297

सन्तोष महतारा
पुस २४,२०७८ गुल्मी : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले राजनीतिककर्मी र कर्मचारी एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीको ८ औं जिल्ला अधिवेशनलाई उद्घाटन शत्रमा सम्बोधन गर्दै प्रमुख अतिथि केसीले राजनीतिककर्मी र कर्मचारी एक रथका दुई पाङ्ग्रा भएको बताएका हुन् ।

हामी राजनीतिककर्मीहरुले शासन सत्ता संचालन गर्ने र कर्मचारीले त्यसैको प्रशासनिक काम गर्ने गरिन्छ । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य केसीले भने, त्यसैले राजनितीकर्मी र कर्मचारी एक रथका दुई पाङ्ग्रा हुन् ।ू केसीले राजनितीककर्मी र कर्मचारीले समन्वयमा काम गर्नुपर्ने बताएका हुन् ।

प्रशासनिक संरचनामा रहेका कर्मचारीहरुले सबै क्रियाकलापमा पारदर्शिता गराउन आवश्यक रहेको बताउँदै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य केसीले नेतृत्व जवाफदेही हुनुपर्ने भएकोले निजामती कर्मचारी युनियनको नेतृत्व सर्वसम्मत वा निर्वाचन जून माध्यमबाट भएपनि निष्पक्ष रुपमा हुनुपर्ने बताएका थिए ।

राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी युनियनु भन्ने मूल नाराका साथ अगाडि बढेको निजामती कर्मचारी युनियनले जिल्लामा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताइएको छ । उद्घाटन शत्रको कार्यक्रम सकिएपछि अहिले निजामती कर्मचारी युनियन गुल्मीको बन्द शत्रका कार्यक्रम चलिरहेका छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र बहादुर केसी, नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य मोती भण्डारी, कल्पना घिमिरे, नेपाली काङ्ग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेल, सचिव भगत सिंह खड्का, क्षेत्र नम्बर १ का सभापति पारिश्वर ढकाल, क्षेत्र नम्बर २ का सभापति चन्द्र बहादुर महत, नेपाली काङ्ग्रेस गुल्मीका सदस्यहरु साथै रेसुङ्गा नगरपालिकाका सभापति जयश्वर पन्थी लगायत निजामती कर्मचारी युनियनसँग आबद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

निजामती कर्मचारी युनियन गुल्मीको निर्वाचनका लागि युनियनसँग आबद्ध ४ सय ८ जनाले मतदान गर्न पाउने छन् ।

SHARE