करार कर्मचारी हकहित मंच गुल्मीदरबारको अध्यक्षमा खनाल

0
575

पुस १६,२०७८ गुल्मीः स्थानीय तह करार कर्मचारी हकिहत मञ्च गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा सुरेश खनाल चयन भएका छन् ।

जसको उपाध्यक्षमा नारायण पन्थी, विष्णु रायमाझी, सचिव भुपेन्द्र कडेल, सह–सचिवहरु निर्मला पाण्डे, हरि कंडेल, कोषाध्यक्ष प्रकाश थापा, सदस्यहरु कपिल भण्डारी, एलिना खड्का, अर्जुन बिक, उद्धव न्यौपाने, शान्ता गिरी, आविश्कार खत्री, उषा शाह, भगवती श्रीस, जयहिमाल कंडेल, गणेश कार्की, धाम ब ढेगा, गोमा खत्री र सकुन्तला मल्ल शाही रहेका छन् ।

गाउँपालिकामा कार्यरत करार कर्मचारी हकहित मञ्च गठन गरिएको भन्दै कर्मचारीहरुको मागलाई सम्बन्धित निकायमा लैजाने नवनिर्वाचित अध्यक्ष खनालले बताए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा, नेपाल निजामति कर्मचारि युनियन संघ गुल्मीदरबार गाउँपालिकाका सल्लाहकार नवराज घिमिरे र सचिव तेजेन्द थापा मन्तब्य राखेका थिए ।

कार्यक्रममा ५० जना करार कर्मचारीहरुको सहभागिता रहेको थियो ।

SHARE