लक्ष्मी लघुबित्त संस्थाद्धारा बीमा रकम हस्तान्तरण

0
335

सुशीला रेग्मी
पुस १५,२०७८ पाल्पा :लक्ष्मी लघुबित्त वित्तीय संस्था लिमिटेड रामपुर पाल्पाले बीमा रकम हस्तान्तरण गरेको छ । रामपुर नगरपालिका २ बस्ने दिलमाया सार्कीको निधन भएपछि उहाँको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

रामपुुर नगरपालिका ४ सदावर्तमा संचालित संस्थाको कार्यालयबाट मृतक सार्कीले रु तीन लाख कर्जा लिएको शाखा प्रमुख अम्मरराज जोशीले बताउनुभयो । संस्थाबाट ऋण चलाउदा मृतक सार्कीले ऋण अनुसारको बीमा गरेको जोशीले बताउनुभयो ।

मृत्यु भएपछि बीमा कम्पनिले कर्जा बापतको रकमका साथै काजक्रिया खर्च बापत रु २५ हजार गरी जम्मा रु तीन लाख २५ हजार रकम मृतकका श्रीमान् बिष्णुबहादुर सार्कीलाई वडा न २ का वडा अध्यक्ष ताराबहादुर थापाले हस्तान्तरण गर्नुभएको छ । साथै सोही अवसरमा लघुकर्जाबारे र मोबाइल एप्स बारेमा जानकारी दिइएको छ ।

SHARE