गाउँस्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतीयोगीता हुदै

0
238

सुशीला रेग्मी
पुस १३,२०७८ रामपुर (पाल्पा) :गाउँस्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतीयोगीता कार्यक्रमका सन्दर्भमा मंगलवार पत्रकार भेटघाट कार्यक्रम भएको छ ।

मुनस्टार युवाक्लब रामपुर नगरपालिका ६ माझटोल पाल्पाको आयोजनामा आउँदो पुस १६ गतेदेखि खुल्ला भलिबल प्रतीयोगीता कार्यक्रम गर्दैछ । खेल संयोजक राजन आलेको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडा कार्यालयमा खेलमा चासो दिएर आउनेलाई केही न केही सामग्री दिएर पठाउने गरेको बताउनुभएको छ ।

पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल, पत्रकार बन्दना पोखरेलले बोल्दै आफ्नो गाउँ ठाउँ चिनाउन पनि क्लबले महत्वपूर्ण भुमिका खेल्ने बताउनुहुदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ । प्रचार प्रसार संयोजक देवराज पंगेनीले कार्यक्रमबारे जानकारी दिनुभएको कार्यक्रममा सहभागीलाई धन्यवाद क्लबका सल्लाहकार बासुदेव ढकालले दिनुभएको हो । कार्यक्रम संचालन क्लबका सदस्य सुदिप गैरेले गर्नुभएको हो ।

प्रतीयोगीतामा पुरुषतर्फ प्रथम, द्धित्तिय र तृतीय पुरस्कार क्रमश नगद ः ३० हजार, २० हजार र १० हजार रहेको छ भने महिलातर्फ प्रथम र द्धितीय पुरस्कार क्रमशः १० हजार र ५ हजार रहेको छ । खेल रामपुर ६ माझटोल खेलमैदानमा हुनेछ ।

SHARE