गोरु फर्कियो तर दानबहादुर फर्किएनन्

0
352

पुस १३,२०७८पाल्पा : गोरु चराउन गएका पाल्पाको रैनादेवी छहरा गाउँपालिका(५ मुझुङस्थित बासडाँडाका ५० वर्षीय दानबहादुर सोमै सोमबार मृत फेला परेका छन्।

उनी सोही ठाउँको गनगैरा जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

गोरु चराउन घरबाट आइतबार हिँडेका उनी साँझसम्म घर फर्किएका थिएनन्।

गोरु घर फर्किएको तर दानबहादुर घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए।

SHARE