पाल्पामा बस र मोटरसाईकल आपसमा ठोकिदां एकको मृत्यु

0
245

पुस १२, २०७८
जनकराज भट्टराई
पाल्पा : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ अर्घाछापमा बस र मोटरसाईकल एक आपसमा ठोकिदां एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालिगण्डकी गाउँपालिका – १ छापडाडा घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका–३ बनवाटीका बस्ने ३७ वर्षीय टिका राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएकोे छ ।

पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ४९ प २०७७ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेको ग १ ख ४२६१ नम्बरको बससँग ठक्कर खान जाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाईएमा उपचारकै क्रममा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बस चालक पुतली बजार नगरपालिका –३ बस्ने ५८ वर्षीय तिर्थराज उपाध्यायलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कामनाडेलीबाट

SHARE