अनेम संघ कालीगण्डकीको अध्यक्षमा लंका थापा

0
562

पुस ११,२०७८ गुल्मीः अखिल नेपाल महिला संघ कालीगण्डकीले लंका थापा अध्यक्ष रहेको ७१ सदस्य रहेको कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा फुलमाया थापा,गोमता न्यौपाने,मीना ढकाल, शुशिला सारु र यमुना राना रहेका छन् ।

यस्तै सचिबमा मीना पाण्डे,सह सचिबमा नन्दकली बिक,कोषाध्यक्षमा बिमला शर्मा रहेको नेकपा एमाले कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि अनेम संघ जिल्ला अध्यक्ष लक्ष्मी पन्थले समाजबाट महिलाहरु नजागे सम्म परिवर्तन हुन नसक्ने बताइन् । उनले महिलाहरु अब चुलो चौकोमा मात्र सीमित नभई देश बिकास र महिला अधिकारका बिषयमा लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका एमालेका अध्यक्ष रामजी ढकाल,अनेमसंघ केन्द्रिय सदस्य तुलसा श्रेष्ठ, कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौरका वडा अध्यक्ष ठानीश्वर पाण्डे, अर्बेनीका देबीप्रसाद न्यौपाने ,नेकपा एमाले कालीगण्डकीकी उपाध्यक्ष नैनकला पाण्डे,सचिब शेरबहादुर बुढा एमाले नेता लीलाधर सापकोटाको उपस्थिती रहेको थियो ।

चन्द्रा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बिमला शर्माको स्वागत तथा फुलमाया थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको हाम्रा कालीगण्डकी सहकर्मीले जनाएका छन् ।

SHARE