देश बनाउने जिम्मा युवाहरुको काँधमा : रामजी ढकाल

0
344

पुस ५,२०७८ गुल्मी : नेकपा एमाले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकालले देश बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका छन् ।

कालीगण्डकी गाउँपालिका वडा नम्वर तीन जयखानीको युवा संघ नेपालको भेलालाई सम्बोध गर्दै उनले युवाहरु एकजुट भएर नलागे सम्म देशमा बिकास हुन नसक्ने बताएका हुन् ।

युवाहरु एकजुट भएर देशमा भएका अनियमितता , भ्रष्टाचार र बेथितीहरु, बिकास निर्माणमा भएका ढीा सुस्तीलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
भेलाले जयखानीमा बुद्धप्रसाद घर्तीको अध्यक्षतामा ३१ सदस्य रहेको राष्ट्रिय युवा संघ नेपाल गठन गरेको छ ।

जसको उपाध्यक्षमा लोकबहादु घर्ती,मिलन क्षेत्री ,रबिन्द्र घर्ती मगर र होमबहादुर दर्लामीलाई चयन गरेको छ ।
सचिबमा पूर्णबहादुर बुढा,उपसचिबमा योगेश थापा र देबीप्रसाद भट्राई रहेका छन् ।

कार्यक्रममा नेकपा एमाले कालीगण्डकीका नेताहरु नैनकला पाण्डे,शेरबहादुर बुढा,लीला सापकोटा,अभिमान सिंह राना,देउकुमार घर्ती,भिमबहादु बिक,जीबन थापा र शिवलाल तिवारी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
वडा कमिटी अध्यक्ष चुरामणी रानाको अध्यक्षतामा कार्यक्रमको संचालन बासुदेब श्रीसले गरेको हाम्रा कालीगण्डकी समाचारदाताले जनाएका छन् ।

SHARE