भैरवस्थानमा एक दिने बाली उपचार शिविर सम्पन्न

0
383

पाल्पा – रिब्दीकोट गाउँपालिका – ४ भैरवस्थानमा एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ ।
बाली उपचार शिविरमा सुन्तलाको उत्पादनमा वृद्धि गरि नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ एक दिने शिविर सञ्चालन भएको थियो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि सीले सुन्तलाको पकेट क्षेत्र मानिने क्षेत्रमा शिविर सञ्चालनले कृषकहरूलाई फाइदा पुग्ने बताउनुभयो ।उहाँले रिब्दीकोटमा प्रत्येक वर्ष झण्डै एक करोड भन्दा माथिको सुन्तला उत्पादन हुने गरेको बताउदै शिविरले थप कृषकहरूको सुन्तला उत्पादन वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले शिविरले कृषकहरूको सुन्तलामा देखा परेका समस्याहरूको समाधान गर्नका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।उहाँले गाउँपालिकाले समय समयमा सुन्तलाहरूमा रोग देखा पर्दा प्राविधिकहरूको साहायताले समाधान गर्ने गरेको बताउदै शिविले सुन्तला खेती गर्ने कृषकहरूलाई फाइदा पुग्ने बताउनुभयो ।
बाली उपचार शिविरमा रिब्दिकोट गाउँपालिकाको वडा नं। ४ र ५ का ३९ कृषकले सेवा लिएका थिए । ईरानीमलबाट

SHARE