पाल्पामा पौष ९ देखि चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

0
1253

४ पुष २०७८,
,पाल्पा – निस्दी गाउँपालिका पाल्पामा आगामी पौष ९ गते देखि चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।
निस्दी युवा तथा खेलकुद समन्वय समितिका अध्यक्ष प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । जर्घा स्मृति खेल मैदान गल्धा ढुंगाना बेसीमा सन्चालन हुने खेलमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुनेछन् ।

जम्मा ७ वडा रहेको निस्दीमा पुरुष भलिबल तर्फ बिजेता समूहले ५० हजार नगद ट्रफी,मेडल पाउने छन् भने द्वितीय हुनेले ३५ हजार तृतीय हुनेले २० हजार र सान्त्वना हुने समूहले १० हजार रुपैयाँ पाउनेछन् । यसैगरी महिला तर्फ बिजेताले ३० हजार,उपबिजेताले २० हजार,तृतीय हुनेले १० हजार र सान्त्वना हुने समूहले ५ हजार पुरस्कार पाउनेछन् ।
निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा सन्चालन हुने खेल बिगत ४ वर्ष देखि सन्चालन गर्दै आएको छ ।

SHARE