अर्बेनीमा युवा संघ र अनेम संघ गठन

0
545

पुस ४,२०७८ गुल्मी :नेकपा एमाले कालीगण्डकी गाउँपालिका अर्बेनीमा युवा संघ र अनेम संघको गठन भएको छ ।

युवासंघमा जीवन न्यौपानेको अध्यक्षतामा ७३ सदस्यीय कमिटी गठन गरिएको नेकपा एमाले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकालले जानकारी दिए ।

जसको उपाध्यक्षहरुमा बाबुराम सोनी,चित्रबहादुर थापा,छबिलाल न्यौपाने, देउबहादुर दर्लामी र थम्मन थापा रहेका छन् ।

यस्तै सचिबमा रेशम न्यौपाने , उप सचिबमा सरिता बिक,तोलाकान्त न्यौपाने रहेका छन् भने कोषाध्यक्षमा युवराज न्यौपाने रहेको ढकालले बताए ।

अनेम संघमा कृष्ण दर्लामी
यस्तै अर्बेनीको अनेम संघको अध्यक्षमा कृष्ण दर्लामी रानालाई चयन गरेको छ ।

जसको उपाध्यक्षमा राधिका न्यौपाने,मेनुका न्यौपाने,इश्वरा न्यौपाने,खुमा सरि सुनार र देवका न्यौपाने रहेका छन् ।
सचिवमा दुर्गा न्यौपाने ,उपसचिवमा बिष्णु राना र दुर्गा न्यौपाने (गल्लीमुनी) रहेको नेकपा एमाले कालीगण्डकीले जनाएको छ ।


नेकपा एमाले अर्बेनीका वडा अध्यक्ष जीबनाराण न्यौपानेको अध्यक्षता , एमाले कालीगण्डकीका अध्यक्ष रामजी ढकालको प्रमुख आतिथ्यतमा ,नेताहरु नैनकला पाण्डे र शेरबहादुर बुढाको उपस्थिती रहेको थियो ।

SHARE