युवा संघ नेपाल खडगकोटको अध्यक्षमा अनिष थापा

0
337

पुस २,२०७८ गुल्मीः नेकपा एमाले राष्ट्रिय युवा संघ खडगकोटको अध्यक्षमा अनिष थापा चयन भएका छन् ।
जसको उपाध्यक्षहरुमा मुक्ति ढकाल,धनहादुर थापा,लालबहादुर थापा,रेशम गिरी ,शेरबहादुर थापा र तारा परियार रहेका छन्।
यस्तै सचिबमा रोजन ढकाल , सहसचिबमा लक्ष्मण थापा,मोति परियार र रोशनी थापा रहेका छन् भने कोषध्यक्षमा सुस्मा थापा रहेको नेकपा एमाले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष रामजी ढकालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रामजी ढकालले देश निर्माणको जिम्मेवारी अब युवाहरुको हातमा आएको बताए । सबै युवाहरु एकजुट भएर लाग्नु पर्ने भन्दै युवा संघ नेपाल देश निर्माणको लागि बलियो संगठन भएको दाबी गरे ।

कार्यक्रममा नेताहरु कबिराज ढकाल ,शिबलाल ढकाल,नीरबहादुर खडका, शेरबहादुर थापा,जंग थापा,टीकारम ढकाललको उपस्थिती रहेको थियो ।
प्रेमप्रसाद थापाको अध्यक्षता, छबिलाल ढकाललको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम वासन थापाले गरेका थिए ।

SHARE