ग्लोवल बैंक :ग्राहकलाई डिजिटल बैकिंङ्ग बारे सिकाउँदै

0
204

टोपलाल अर्याल
मंसिर १६,२०७८ गुल्मीः ग्लोबल आइएमई बैंकले गुल्मी तम्घास बजारका ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग र वित्तीय साक्षरता सचेतना कक्षा संचालन गरेको छ ।

तम्घास बजार क्षेत्रमा क्रियाशिल उद्योगी, व्यवसायी, विभिन्न पेशामा आवद्ध बैंकका ग्राहकलाई प्रशिक्षण दिइएको हो । ग्राहकलाई घरमै बसेर सुरक्षित र प्रभावकारी रुपमा डिजिटल बैंकिङ्ग सेवाको उच्चतम प्रयोग गराउने उदेश्यले बित्तिय साक्षरता कक्षा संचालन गरिएको ग्लोबल आइएमई बैंक गुल्मीका शाखा प्रबन्धक योगेन्द्र रायमाझीले जानकारी दिए ।

प्रशिक्षणमा ग्लोबल आइएमई बैंक लिमिटेडले साक्षरता तथा डिजिटल बैंकिङ्ग कक्षा मार्फत मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड, क्रेडिट कार्ड, मर्चेन्ट सेवा, वालेट सेवा, क्युआर सेवाको सुरक्षित र प्रभावकारी उपयोगका बिषय प्रस्तुत भएका थिए ।
ग्लोबल आइएमई बैंक लिमिटेड कर्पोरेट कार्यालयका डिजिटल बैकिङ्ग म्यानेजर मनिन्द्रराज जोशीले बैंकले ग्राहकलाई प्रविधी र बैंकिङ्ग सेवाको बारेमा जानकारी दिदै बजारका अनेक प्रलोभनमा परेर गोप्प सूचना कसैलाई नदिन आग्रह गरे ।

‘ढड्डाबाट सुरु भएको बैंकिङ्ग सेवा कम्युटरहुँदै डिजिटलमा पुग्यो । यो प्रविधिसंग जानकारहरुको लागि खुसीको कुरा हो,’उनले भने,‘बैंकहरुले पनि ग्राहककै सुविधाको लागि प्रविधिमैत्री सेवा बिस्तार गरेकाले घरमै बसेर सुविधाको उपयोग गरौ ।’कार्यक्रममा सहभागीहरुलाई बैंककै तर्फबाट दिप्ति ढुंगानाले ग्लोबलको संरचना, कारोवार तथा सेवा र अवस्थाको बारेमा जानकारी दिएकी थिइन् ।

कार्यक्रममा सहभागीको तर्फबाट व्यावसायी श्यामकुमार पाण्डेयले समय सान्दर्भिक प्रशिक्षण पाएकोमा खुसी व्यक्त गरे । कोभिडको बेला डिजिटल बैकिङ्ग सेवाको महसुस र प्रयोग बढेकाले समय र सुरक्षाको दृष्टिकोणले बैंकले सेवासंगै ग्राहकलाई अत्यन्तै महत्वपूर्ण बिषयमा प्रशिक्षण दिएकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रतिनिधि विवेक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत प्राप्त ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा दुई सय ८७ वटा शाखा सञ्जाल विस्तार गरिसकेको छ । हाल बैंकको ग्राहक संख्या २७ लाख बढी रहेको समेत बैंकले जनाएको छ । गुल्मीमा चार शाखा र २१ शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

SHARE