रुरुक्षेत्रमा माओवादी केन्द्र प्रतिको बिश्वास र क्रेज बढ्दै

0
295

मंसिर १२ गुल्मी :पछिल्लो समय जिल्लाको रुरुक्षेत्रमा नेकपा माओवादी केन्द्र प्रती आस्था र विश्वास राख्नेहरुको संख्या उल्लेखनीय रुपमा बढ्दै गइरहेको पाइएको छ।
यस् पालिकामा राजनीतिक हिसाबले अन्य विभिन्न पार्टीमा आस्था र विश्वास राख्नेहरु पनि नभएका त हैनन तर प्रतिस्पर्धाको हिसाबले पन्चायत देखि नै नेकपा एमालेको लालकिल्ला मानिएको रुरुमा अब भने नेकपा माओवादी केन्द्र सशक्त देखिन थालेको छ। नेकपा माओवादी केन्द्र र यस पार्टीमा आवद्द यस क्षेत्रका युवा नेताहरूको कार्य शैली र उनिहरुले जनतालाई गर्ने ब्यवहारका कारण पनि अब रुरुमा नेकपा माओवादी बलियो बन्दै गइरहेको कतिपयको टिप्पणी रहेको छ।

खासगरी यस् पालिकाका युवा नेता यदु ज्ञवालीले पछिल्लो समय युवा पुस्ता सङ्गै सबैको मन जित्दै लोकपि्रयता कमाइरहेका छन् । उनी गएको स्थानीय चुनावमा रुरुक्षेत्र गाउँपालिका गुल्मीको अध्यक्ष पदमा उम्मेद्बारी दिएर प्रतिस्पर्धामा होमिएका थिए तर बिजेता भने हुन सकेनन् ।

तर सत्ता बाहिर रहेर पनि उनले गएका ४ बर्षमा रुरुमा सडक निर्माण ,खानेपानी ,पर्यटन ,खेलकुद,पुर्वाधार निर्माण लगायतका क्षेत्रमा प्रदेश र संघीय सरकारबाट उल्लेखनीय बजेट पार्न सफल भए र रुरुको बिकासमा आफुलाई अग्रसर गराइरहे।

सत्ताबाहिर रहेर पनि उनले गरेको विकास निर्माणका कार्यको मुल्यांकन गर्दै रुरुका स्थानीय उनिप्रती खुसी देखिन्छन् ।

मंसिर १२ गते माओवादी केन्द्र रुरुक्षेत्र गुल्मीले आफ्नो दोस्रो सम्मेलन गर्यो। गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले हल नै खचाखच भरियो। कसैले त बाहिर झ्यालबाट समेत कार्यक्रमलाई नियाले। यसबाट पनि रुरुमा माओवादी केन्द्र प्रतिको बिश्वास र क्रेज बढ्दै गइरहेको बुझ्न सकिन्छ।

त्यति मात्रै हैन हिजो मात्र सम्पन्न सम्मेलनमा करिब ४ दर्जनले एमाले छोडेर माओवादी केन्द्र प्रवेश समेत गरे। स्थानीय ओम बहादुर गन्धर्व ,बुद्द बहादुर गन्धर्व सहित पालिका भित्रका सबैजसो वडाबाट नेकपा एमालेलाई परित्याग गरि माओवादी केन्द्र रोजेका हुन् ।

त्यस्तै हिजै सम्पन्न कार्यक्रममा बोल्दै अखिल-क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस मुल इकाई समिति अध्यक्ष बिष्णुप्रसाद ज्ञवालीले रुरुमा माओवादी पनि छन र? भनेर तल्लो स्तरको सोच ,बिचार प्रश्न गर्नेहरुलाई हिजोको उपस्थितिले झापड हानेको बताए। उनले अब रुरुक्षेत्र नेकपा माओवादी केन्द्रको लालकिल्ला सवित हुने बिश्वास गरे।

अनेरास्ववियूू क्रान्तिकारी गुल्मी जिल्ला उपाध्यक्ष तथा युवा नेता बालेन श्रेष्ठले रुरुक्षेत्रमा अन्य पार्टीले नेकपा माओवादी केन्द्र सङ्ग भन्दा पनि माओवादी केन्द्र भित्रको एउटा ब्यक्ति र उसले गरेका काम सङ्ग मात्र लडाई गरिरहेको आरोप लगाए। उनले गएको चुनावमा विभिन्न प्रोपोगन्डा रचेर आफुहरुलाई ढलाउन खोजेको तर अहिले आफ्नो पार्टी र पार्टीका नेताहरूले गरेको कामलाई यहाँका जनताले निकै राम्रोसङ्ग बुझिरहेको बताउँदै अबको चुनवमा जति प्रोपोगन्डा रच्न चाहेपनी जनताले नपत्याउने बताए ।

त्यस्तै जिल्ला सचिब किसन पाण्डेले नेकपा माओवादी केन्द्र सदैब गरिब,दुखी र निमुखा बर्गको साथी रहिरहेको र सदैव उनिहरुकै आवजलाई सुन्ने र अघि बढाउने बताए। उनले माओवादी पार्टी र यसले गरेको सकारात्मक कार्यहरूको बिश्वास गर्न र साथ सहयोग गर्न समेत अपिल गरे।

कार्यक्रमका अध्यक्ष एवं रुरुका आशाका केन्द्र मानिएका युवा नेता यदु ज्ञवालीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै आफू र आफ्नो पार्टी प्रती देखाएको माया,सद्भाव र विश्वासलाई कहिले नतोढ्ने प्रतिबद्धता प्रकट गर्दै आफू सदैब रुरुक्षेत्र र यसको विकासको लागि लडिरहने बताए। आफुले सत्ताबाहिर रहेर पनि यस क्षेत्रको शिक्षा ,सडक,खानेपानी ,पुर्वाधार निर्माण ,पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको बताउँदै रुरुलाई नमुना रुरु बनाउन चाहेको र सबैको साथ र सहयोग पाए मात्रै रुरुलाई नमुना बनाउन सकिने बताए ।

SHARE