रेसुङ्गा नगरपालिकाकाे दोस्रो नगर सम्मेलन बाट गिता थापा निर्वाचित

0
298

मङ्सिर ११,२०७८ गुल्मी : नेकपा माओवादी केन्द्रले देशका ७५३ पालिकाहरुमा एकैपटक पालिका सम्मेलन समापन गरेकाे छ । पालिका सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘भर्चुअल’ माध्यमबाट उद्घघाटन सहित सम्बोधन गरेका थिए ।

नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाले पनि दोस्रो नगर सम्मेलन सम्पन्न गरेकाे छ । सम्मेलनले पालिका अध्यक्षमा गिता थापालाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट थापाकाे अध्यतामा ५० सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन ।

समितिको बरिष्ठ उपाध्यक्षमा सिता बिश्वकर्मा , उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे , गिरि प्रसाद महाकिम , सचिव भरत पन्थी , सह-सचिव गाेपाल मरासिनी र काेषध्यक्षमा खड्क श्रेष्ठ निर्वाचित भएका छन । सम्मेलन माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुदर्शन बरालकाे प्रमुख आतिथ्यतामा समपन्न भएकाे थियाे ।

माओवादी केन्द्रले देशैभर २५ मंसिरमा प्रदेश सम्मेलन गर्ने कार्यक्रम तयारि गरेको छ भने पुसमा ११/१३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।

SHARE