माओवादी केन्द्र मुसिकोट : दुर्गा विकको अध्यक्षतामा ५९ सदस्यीय कमिटी गठन

0
260

हुमाकान्त पोखरेल
मंसिर १०,२०७८ गुल्मीः नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिकाको दोस्रो नगरसम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दुर्गा विकको अध्यक्षतामा ५९ सदस्यीय माओवादी केन्द्रको नयाँ कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा प्रेम बहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द्र थापा रहेका छन् । त्यस्तै सचिवमा युवराज खरेल, सह–सचिवमा प्रकाश चालिसे, कोषाध्यक्षमा दीपक खराल लगायत अन्य सदस्यहरु रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले अहिले माओवादीप्रति नागरिकको उत्साह बढेको बताए ।

संघीयता, समावेशिता जस्ता लोकप्रिय एजेण्डा माओवादीले स्थापित गराउन सफल भएकोले माओवादी सबैमाझ लोकप्रिय रहेको दाबी गरे । विशेष अतिथि माआवादी केन्द्रका नेता एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पार्टीले गरेका सबै सकारात्मक कार्यहरुलाई ढुक्क भएर जनतामाझ लैजान कार्यक्रताहरुलाई आग्रह गरे ।

कार्यक्रममा किसान संगठन गुल्मीका संयोजक ज्ञानेश्वर घिमिरे, शिक्षक संगठनबाट सुरेन्द्र नेपाली, पार्टीका जिल्ला समन्वय समिति सदस्य सुरेन्द्र नेपाली, अखिल क्रान्तिकारीका जिल्ला सह–सचिव सुनिल न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

मुसिकोटमा माओवादी केन्द्रले पाँचवटा वडामा वडा अधिवेशन सम्पन्न गरेको सह–सचिव चालिसेले जानकारी दिए । कार्यक्रम खुम बहादुर थापाको अध्यक्षता एवम् रोमाकान्त खरालको संचालनमा सम्पन्न भएको थियो ।

SHARE