मङ्सिर ८,२०७८ गुल्मी:विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले बुधबार सदरमुकाम तम्घासमा ८ औं पाटी पुनर्गठन दिवस मनाएको छ ।
सदरमुकाम तम्घासमा उक्त पार्टीले चियापान ,दीप प्रज्वलन तथा शुभकामना आदनप्रदान गरी आठौं पुनर्गठन दिवस मनाएको हो ।
दीप प्रज्वलन तथा शुभकामना आदनप्रदान कार्यक्रममा अखिल नेपाल किसान महासङघका केन्द्रिय सदस्य प्रकाश पोख्रेल ,युवा सङ्ठनका मिसन पाण्डे , जनपत्रकार सङ्ठन गुल्मीका अध्यक्ष डिबि खड्का ,श्रमिक समुदाय मोर्चाका चन्द्र विक,विद्यार्थी सङ्ठनका राज खड्का , शिभ भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य राख्दै अतिथिहरुले पाटिको आगामी कार्यदिशा, पार्टीले लिएको एकीकृत जनक्रान्तीको नीति , वैज्ञानिक समाजवादका विषेशताको बारेमा जानकारी गराएका थिए ।
साथै माओवादी केन्द्र तथा अन्य दल सङ मिलेर चुनावमा जाने भन्ने कुरा हल्ला मात्र भएको भन्दै कार्यकर्तालाई भ्रममा नपर्न पार्टीले आग्रह समेत गरेको छ । कसैको पाटिलाई ठुलो बनाउन चुनाबमा नजाने पार्टीले स्पष्ट नीति रहेको नेकपाका नेताले बताए ।
कार्यबाहक जिल्ला सेक्रेटरी भीषणको अध्यक्षयतामा सम्पन्न चियापान तथा दीप प्रज्वलन कार्यक्रममा युवा सङ्ठनका मिसन पाण्डेको स्वागत मतव्य तथा जिल्ला सदस्य बिनोद बिसिको सञ्चालनमा सम्पन्न भएको थियो।