सामुदायिक रेडियो धुर्कोट तेस्रो वर्षमा प्रवेश

0
306

मंसिर७,२०७८ गुल्मी : ​गुल्मीको धुर्कोट गाउँपालीका वडा नम्बर ४ बर्बोट रहेको सामुदायिक रेडियो धुर्कोट आज बाट तेस्रो वर्षमा प्रवेश गरेको छ ।

​समुदायकै लागी समर्पित समुदायको आबज सामुदायिक रेडियो धुर्कोट १०२.२ मेगाहर्ज भन्ने मुल मन्त्र का साथ २०७६ असोज १३ गते वाट परीक्षण प्रसारण गरेको रेडियो २०७६ मंसिर ७ गते बाट निमित्त प्रसारण गरेको थियो। धुर्कोट बहुउदेयश्यीय सहकारी संस्थाद्धारा संचालित सामुदायिक सामुदायिक रेडियो रेडियो धुर्कोट अहिले दैनिक १७ घन्टा प्ररसाण गरीरहेको छ ।

​स्थानीय तहको गठनपश्चात गुल्मीमै पहिलो पटक धुर्कोट गाउँपालिकाले रेडियो संचालन गर्न अग्रसरता देखाएसँगै रेडियो धुर्कोटको स्थापना भएको थियो । रेडियो संचालन गर्नको लागि सहकारी गठन गरिएको थियो ।
​स्थानीयको र गाउँपालिकाको सहयोगमा रेडियो संचालन गरिएको स्टेशन म्यानेजर दधि खनालले जानकारी दिए । रेडियोले हाल समाचार, गित, विज्ञापन, सूचनामुलक सामग्री,प्रसारण गर्दै आएको छ

SHARE