बाघको छालासहित दाङमा दुईजना पक्राउ

0
198

मंसिर ६,२०७८दाङ : दाङमा प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका(५ रानीजरुवा बस्ने ३१ वर्षीय महेन्द्र खड्का र राजपुर गाउँपालिका(६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बाघको छाला ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरूलाई आइतबार साँझ घोराही उपमहानगरपालिका(१६ गरुवा चोकबाट बाघको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले बताए।

उनले अनुसार रा ३ प २६६ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको आशङ्कामा जाँच गर्दा उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाइ र १ फिट ८ इन्च चौडाइको बाघको छाला बरामद भएको थियो।

प्रहरीले उनीहरूबाट विभिन्न कम्पनीका ३ सेट मोबाइल बरामद गरेको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE