पाल्पा क्षेत्र नं १ ‘क’ को सभापतिमा राना निर्बिरोध निर्वाचित

0
20

सुशीला रेग्मी
रामपुर (पाल्पा), ४ मङ्सिर : नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा रामबहादुर राना निर्बिरोध चयन हुनु भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रवार रामपुरमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनले राना सभापतिमा सर्बसहमतीमा निर्वाचित हुनुभएको हो ।

उपसभापतिमा गोविन्दप्रसाद अर्याल (गोपाल) र भिम बहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा भेषराज पोखरेल र दानबहादुर हिस्की, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यहरुमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवतीदेवी खनाल निर्विरोध चयन हुनुभएको छ ।

अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधी समेत चयन भएका छन् । खुल्लातर्फ उमनाथ अर्याल, किशोर पंगेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शंकरबहादुर खाँण र श्यामकान्त खनाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।
त्यस्तै खुल्ला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुण कुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्पसंख्यकमा समसुलहक मियाँ निर्विरोध चयन हुनु भएको छ ।

नवनिर्वाचित सभापति रामबहादुर रानाले पार्टीको संगठनलाई मजबुत बनाएर सबै तहका पंक्तिलाई चलायमान बनाएर लैजाने प्रतिबद्धता जनाउनुभयो ।

SHARE