मंसिर २,२०७८ गुल्मी : गुल्मीमा मङ्सिर १ गते देखी परिवारको सम्पर्कमा नभएका ब्यक्ति बिहीबार मृत फेला परेका छन् ।
जिल्लाको इश्मा गाउँपालिका २ घर भई हाल रेसुंगा नगरपालिका २ मा बसोबास गर्दै आएका ६२ बर्षीय थानेश्वर सारु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सारु रेसुंगा नगरपालिका वडा नम्वर तीन भाडगाउँको पहिरोमा बाटो देखि करिब ३० मिटर तल मृत अबस्थामा फेला जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्राईले जानकारी दिए ।
सारुको शबलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी बिहीबार नै आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको प्रकृति हेर्दा लडेको हुन सक्ने प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सारु परिवारको सम्पर्कमा नभएपछि उनकी श्रीमतीले खोजी गरिदनका लागि प्रहरीमा निबेदन दिएकी थिइन् ।