एकल महिलालाई धार्मिक अवलोकन भ्रमण

0
793

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ मङ्सिर : रामपुर नगरपालिका वडा नं ५ भित्र बसोबास गर्ने ६० वर्ष मुनिका एकल महिला धार्मिक अवलोकन भ्रमणमा निस्केका छन् ।
बुधवार बिहान रामपुरबाट धार्मिक तथा पर्यटकिय क्षेत्र प्युठानको स्वर्गद्धारी भ्रमणमा टोली निस्केको हो । नगर उपप्रमुख संग एकल महिला सीप विकास एवम् धार्मिक कार्यक्रम अन्र्तगत वडाले स्वर्गद्धारी अवलोकन भ्रमण आयोजना गरेको वडा सदस्य साबित्रा गौतमले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष हिमाल मल्लको संयोजकत्वमा वडा सदस्यहरु साबित्रा गौतम, विष्णुप्रसाद बस्याल, माया नेपाली, वडाका राजनीतिक दलका प्रतिनिधि तथा ६० वर्ष मुनिका एकल महिला बुधवार र बिहिजार दुई दिनको लागि भ्रमणमा निस्केका छन् ।

टोलीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङको समेत अवलोकन गर्ने जनाएको छ ।

SHARE