गुल्मी, २७ कार्तिक :गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा सि एन्ड सि स्वास्थ्य सेवा प्रालि संचालनमा आएको छ ।
स्वास्थ्य सेवा प्रालिको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्गघाटन गरे ।
सोही क्रममा बोल्दै मन्त्री थारुले आजका दिनदेखिनै यो अस्पतालले नागरिकमा भर्ने आशा र बिश्वासनै सस्थाको भोलिको जीवन र ब्यावसायिक सफलता भएको बताए । अहिलेसम्म तिनै तहका सरकारले पुर्वाधार निर्माणसगै स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेकाले अब निशुल्क र सर्भसुलभ भनिएका सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । उनले निजी सामुदायिक र सरकारी अस्पतालहरुको साझेदारीमा बिकटलाई निकट बनाउनुनै आफुहरुको उदेश्य भएकाले संगै मिलेर काम गर्न आग्रह गरे
त्यस्तै पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले नागरिकको आधारभुत स्वास्थ्य सेवाको सुबिधालाई थप मजबुत गर्न निजि र सामुदायिक स्वास्थ्य सस्थालाई प्रदेश सरकारले हत्तोतसाहित नगरेर सधै प्रोत्साहन गर्ने बताए । साथै उनले स्वास्थ्य सस्था अरु व्यावसाय जस्तो नभएकाले नेपाल सरकारको अधिनमा रहेर सेवालाई थप नागरिकमैत्री बनाउन आग्रह गरे । त्यस्तै चन्द्रकोट गाउँपालिमा उपप्रमुख राधिका अर्यालले स्वास्थ्य सेवा प्रालि र स्थानीय तहबिचको समन्वय मार्फत स्थानीय जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने बताइन् । उनले युवा उधमीहरुले चन्द्रकोट र बाग्लुङका नागरिकको भावनालाई बुझेर संचालन गरेको स्वास्थ्य सेवा प्रालिले सामान्य रोगको परिक्षण र एक्सरे गर्न पाल्पा बुटवल पुग्ने बाध्यता हट्ने बिश्वास ब्यक्त गरिन ।
ग्रामीण भेगका नागरिकलाई सर्भशुलभ स्वास्थ सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य सेवा प्रालि संचालन गरिएको सस्थाका अध्यक्ष होम बहादुर पल्लीले जानकारी दिए ।अझै पनि ग्रामीण भेगका नागरिक विभिन्न अन्धबिश्वासको कारण रोग लुकाएर र रोगको पहिचान नभएर ज्यान गुमाउँदै आएको सन्दर्भ उल्लेख गर्दै त्यसको विकल्पको रुपमा सि एन्ड सि स्थापना भएको पल्लीले बताए ।
स्वास्थ्य सेवा प्रालिले २४ सै घन्टा डाक्टरसहितको इमर्जेन्सी सेवा, डिजिटल एक्सरे र अत्याधुनिक प्रयोगशालासहितको सेवा प्रदान प्रदान गरिने सस्थाका सचीव घनश्याम गौतमले जानकारी दिए । कार्यक्रममा स्थापनाको अवसरमा निशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर हरि प्रसाद पन्थी, डा रमेश अर्याल, डा शम्भु खनाल, डा सुमित झालाई सम्मान गरिएको थियो ।
सि एन्ड सि स्वास्थ्य सेवा प्रालिले एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । आगामी दिनमा समेत विभिन्न रोगका विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरिने सस्थाका सचिब गौतमले बताए ।