सहकारी व्यवस्थापन गर्न तम्घासमा ४ दिने तालिम सुरु

0
606

सूर्य सुनार
कात्तिक २६,२०७८गुल्मीः सामाजिक जागरण तथा विकास अभियान साडेक नेपाल गुल्मीको आयोजनामा ४ दिने सहकारी व्यवस्थापन तालिम गुल्मीको सदरमुकाम तम्घासमा शुभारम्भ भएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले कार्यक्रमको शुभारम्भ गरिन । सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्र्तगत गठन भएका कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेन्डका ६ वटा सहकारीमा रहेका ३५ जना सदस्य सहभागि रहेका छन् ।

मदाने गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास अभियान साडेक नेपालको आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा ४ दिने सहकारी व्यवस्थापन तालिम आयोजना गरिएको साडेक नेपाल गुल्मीका परियोजना संयोजक बसन्त भलामीले जानकारी दिए ।

मदाने गाउँपालिकामा रहेका सहकारीलाई थप व्यवस्थापन गरी अगाडि बढाउनको लागि तालिमको आयोजना गरिएको परियोजना संयोजक भलामीले बताए । सहकारीमा रहनुभएका महिलाहरुको क्षमता अभिवृद्धी गर्न, सहकारी संचालनमा सहज बातावरण निर्माण गर्न, उत्पादन बस्तुलाई बजारीकरण गर्न, तालिमले सहयोग पुग्ने परियोजना संयोजक भलामीले विश्वास व्यक्त गरे।

हेफर प्रोजेक्ट नेपाल र मदाने गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्थाको लगानीमा उत्पादन बस्तुलाई बजारीकरण गर्नको लागि सवारी साधानको समेत व्यवस्था गरिएको भलामीले बताए ।

सहकारी व्यवस्थापन तालिममा मदाने गाउँपालिका वडा नम्बर २,३,४,५ र ७ बाट तालिममा सहभागि रहेका छन् । सामाजिक जागरण तथा विकास अभियान साडेक नेपाल गुल्मीका अध्यक्ष महेन्द्र प्रसाद भण्डारीको सभाध्यक्ष रहेको कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेफर नेपाल कार्यक्रम अधिकृत विष्णु पाण्डेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

SHARE