७१ बर्षीय उदय सारुको लडेर मृत्यु

0
216

कात्तिक १९,२०७८पाल्पा : पाल्पाको तानसेन नगरपालिका(१० नयाँपाटीका ७१ वर्षीय उदय सारूको लडेर मृत्यु भएको छ। उनी घर नजिकै गोरेटो बाटोबाट करिब १५ फिट तल लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

उदय शुक्रवार बिहान ५ बजे मृत अवस्थामा देखेपछि उनका ज्वाइँ पुरन रानाले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरी जनाएको छ।

SHARE