नेपाली कांग्रेस रामपुरद्धारा शोक सभा

0
274

सुशीला रेग्मी
कात्तिक १७,२०७८पाल्पा ःनेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शोक सभा गरेको छ ।
वडा नं ५ भम्बक कठान बस्ने नगर कार्य समितिका उपसभापति देवबहादुर थापा मश्राङ्गीका माता, तथा शुभेच्छुक यमनबहादुर थापा मश्राङ्गी, केशबहादुर थापा मश्राङ्गी, मेकबहादुर थापा मश्राङ्गी, जिनमाया मश्राङ्गीका माता तथा नारायणी थापा मश्राङ्गी, रामकुमारी थापा मश्राङ्गी, भविसरा थापा मश्राङ्गी र लक्ष्मी थापा मश्राङ्गीका सासुआमा विष्णुकुमारी थापा मश्राङ्गीको निधनमा शोक सभा भएको हो ।

बुधवार नवौ दिनको पुण्यतिथिका अवसर पारेर स्वर्गीय मश्राङ्गीको घरमा पुगेर पार्टीले शोक सभा गरेको छ । नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि जिल्ला कार्य समिति पाल्पाका उपसभापति देवराज ढकाल, रामपुर नगरपालिका ५ का वडा सभापति दुर्गाप्रसाद पोखरेलले बोल्नुहुदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

नगर कार्य समितिका सचिव चिरन्जीवी सिग्देलले संचालन गर्नुभएको कार्यक्रममा धन्यवाद स्वर्गीय थापाका छोरा देवबहादुर थापा मश्राङ्गीले दिनुभएको हो । रामपुर नगर कार्यसमिति, रामपुर नगरपालिका ५ वडा कार्य समिति र निस्दी गाउँपालिका वडा नं २ वडा कार्य समितिले मृतक परिवारजनमा समवेदना पत्र हस्तान्तरण गरेको छ । स्वर्गीय मश्राङ्गीको गत कात्तिक ९ गते ८० वर्षको उमेरमा निधन भएको हो ।

SHARE