नेपाली कांग्रेसको रामपुरमा शुभकामना आदानप्रदान तथा प्रशिक्षण

0
262

सुशीला रेग्मी
कात्तिक १७,२०७८पाल्पाःनेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं ७ वडा कार्य समितिको आयोजनामा शुभकामना तथा प्रशिक्षण कार्यक्रम भएको छ ।

विजयादशमी, शुभ दिपावली तथा छठपर्व २०७८ को अवसरमा शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । वडा कार्य समितिका सभापति दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला उपसभापति देवराज ढकालले बोल्दै शुभकामना ब्यक्त गरे ।

वडा कार्य समितिका उपसभापति क्याप्टेन धनबहादुर मास्की रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा कार्य समितिका सचिव तिलबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि वडा सभापति भट्टराईले जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, प्रशिक्षक अशेष भट्टराई, नेपाली कांग्रेसका महासमिति सदस्यहरु ज्ञानबहादुर गाहा, दानबहादुर पछाई, कांग्रेस क्षेत्र नं. १ पाल्पाका सभापति सन्तोषकुमार थापा, महाधिवेशन प्रतिनिधि हजिलदिन मियाँ, पार्टीका नेता कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।

सहभागीको तर्फबाट सुनिता रानाले आफ्नो भनाई राखेको कार्यक्रम किसानवारीमा भएको हो ।

SHARE