कात्तिक ३ गतेदेखि रिडी रुद्धबेनी सडक अबरुद्ध

सडक खुलाउन आजदेखि नेपाली सेना खट्ने

0
567

कात्तिक १२,२०७८गुल्मीः कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्रबेनी सडक खण्ड अझै सुचारु हुन सकेको छैन ।
रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो ।

अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो । पहिरोको बिचमा ठूला ठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।
डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएकाले बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बिस्फोट गर्न दिने निर्णय गरेको पौडेलले बताए ।

शुक्रबार (आजबाट) नेपाली सेनाले काम सुरु गर्ने पौडेलले बताए ।
सडक अबरुद्ध भएपछि शान्तीपुर, चोरकाटे,बुर्तिबाङबाट बुटवलका लागि छुटने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर , मिर्मी हुँदै बुटवल जाने गरेका छन् ।

SHARE