ओमप्रसाद माबिमा अखिल क्रान्तिकारीको कमिटी गठन

संगठनको नीति तथा कार्य दिशा बारे प्रकाश

0
220

कात्तिक ११,२०७८ गुल्मीः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन(क्रान्तिकारी) ले अमरपुर ओमप्रसाद गौतम माध्यमिक विध्यालय, इस्मा गाउँपालिका (६ अमरपुरमा नयाँ कमिटी गठन गरेको छ ।

अनेरास्ववियू क्रान्तिकारीले नरेश भण्डारीको अध्यक्षतामा ८१ सदस्यीय कमिटीको गठन गरेको हो । जसको उपाध्यक्षमा शंकर पराजुली र तारा नेपाली, सचिवमा नारायण भण्डारी, सह( सचिवमा सलिना थापा, सीता भण्डारी र शक्ति विश्वकर्मा एवम् कोषाध्यक्षमा ज्ञानेन्द्र पराजुली लगायत अन्य सदस्यहरू रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियू क्रान्तिकारी गुल्मीका पूर्व संयोजक भरत चन्दले संगठनको नीति तथा कार्यदिशाबारे प्रकाश पारेका थिए । त्यस्तै जिल्ला अध्यक्ष राजन पोखरेल र उपाध्यक्ष रमेश पाण्डेले संगठनले हालसम्म गरेका कार्यहरू र त्यसबाट प्राप्त उपलब्धिबारे चर्चा गरेका विकाशराज विश्वकर्माले जानकारी दिए ।

SHARE