असोज ३१,२०७८ कपिलबस्तुःविगत केही समयदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीय बालकको निजी क्लिनिक, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखालाकै कारण मृत्यु भएको बताइएको छ।
यस्तै हालसम्म कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जीवाणु फेला परेको छ। फेला परेका दुबै जीवाणु मानव मलमूत्रमा पाइने जीवाणु रहेको चिकित्सकको भनाइ छ।
नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएका धारा र ४० फिटभन्दा माथि गाडिएका नल ९चापाकल०को नमुनामा कोलिफर्म भेटिएको हो। सय फिटभित्र गाडिएका नल (ह्याण्डपम्प) मा भने जीवाणु फेला नपरेको बताइएको छ।